टिभिएसले हात पार्‍यो उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड



काठमाडौं । हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ ।

गत वर्ष पनि रेडरले टेकलेखको साथमा अरु धेरै अवार्डहरु पाएको थियो । जस्तै आईएमओटिवाइ—२०२२ र अटो कार ।

टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो । विज्ञप्तिमा उल्लेख भए अनुसार रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको छ ।

टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ्ग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतका विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाईट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको छ ।

एयर आयल कुल्ड एसआई कार्बेरेटर ईञ्जिनद्वारा शक्ति प्रदान गरिएको यस बाइकले ७,५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ ।

अपाचेको कुरा गर्नुपर्दा, यस बाइकले निरन्तर सुधार गरेको फिचरहरुको गुणस्तरले गर्दा यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ । रिडिजाइन्ड डिएलआर, राइडिङ्ग मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ्ग डिएनए जस्ता फिचरहरुले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त गर्‍यो ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्ट—पूर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको दुई पाङ्ग्रे ब्राण्डका रुपमा स्थापित छ ।


क्लिकमान्डु