राष्ट्र बैंकले ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । यो २०८० वैशाख ५ गते परिपक्व हुनेछ ।
यसको बोलकबोल आज गरेर आजै जारी गर्ने राष्ट्र बैंंकले जनाएको छ ।
ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । बोलकबोलमा सबै बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन पाउनेछन् ।