नेपाल बैंकका सीईओको तलब/भत्ता साढे ६४ लाख
काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ६४ लाख ५२ हजार ३०७ रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले तलब, भत्ता तथा बोनस बापत उक्त रकम सीईओलाई भुक्तानी गरेको जनाएको छ ।
यस्तै बैंकले वरिष्ठ प्रबन्धक तहका कर्मचारीलाई र अन्य व्यवस्थापनका पदाधिकारीलाई (मुख्य प्रबन्धक तहसम्म) तलब र भत्ता बापत ४ करोड ६१ लाख ६५ हजार ४९ रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।
यस्तै सञ्चालकलाई १७ लाख ८९ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष र सदस्यलाई भत्ता बापत प्रति बैठक ४ हजार दिने गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलाई बैठक भत्ता बाहेक पत्रपत्रिका खर्च बापत मासिक २ हजार र सञ्चारक सुविधा बापत मासिक ५ हजार तथा एक सेट मोबाइल फोन दिने गरेको छ । कार्यालयको गाडि प्रयोग नगरेको खण्डमा प्रति बैठक २ सय परिवहन खर्च दिने गरेको छ ।