११ महिनापछि पुनः सुनको मूल्य प्रतिताेला १ लाख ५ हजार नाघ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । ११ महिनापछि पुनः सुनको मूल्य प्रतिताेला १ लाख ५ हजार रुपैयाँ नाघेको छ ।

गत वर्षको फागुन महिनामा सुनको मूल्य निरन्तर बढेर प्रतिताेला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म कायम भएको थियो । जुन हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको थियाे ।

त्यसपछि सुनको मूल्य निरन्तर घटेर प्रतिताेला ९० हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, पछिल्लो समय निरन्तर बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतबार एकै पटक प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँ कायम भएको थियो । सोमबार २ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा सोमबार १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु