यी हुन् दुर्घटनाग्रस्त यतीको जहाजमा रहेका चालक दलका सदस्य



काठमाडौं । काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटनामा परेको छ। ९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो ।

विमानमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार थिए ।

दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य थिए । पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडा थिए । एस हुन्चु र ओए मगर एयरहोस्टेज थिए ।

६८ जना यात्रु र ४ जना चालकदलका सदस्यसहित रहेका जहाजमा नेपाली यात्रु ५३ जना, १० जना विदेश, ५ जना भारतीय रहेका थिए । अहिलेसम्म ३२ जनाको शब निकालिसकिएको छ ।


क्लिकमान्डु