यति एयर दुर्घटनाग्रस्थः १६ जनाको शव निकालियो, खोचमा परेका कारण उद्धारमा समस्या



काठमाडौं । यति एयरलाईन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १६ जनाको शव निकालिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार दुर्घटना स्थलबाट १६ जनाको शव निकालिएको छ ।

काठमाडौंबाट बिहान १०ः५ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना सेती नदी खोचमा खसेको थियो । ७२ जना सवार विमानको अधिकांश भाग जलेको बताइएको छ ।

उक्त जहाज विमानस्थलबाट ५ माइल नजिकै सेती नदि खोचमा खसेको नागरिक उड्डयन प्राधिकरणका प्रक्ता ज्ञानेन्द्र भुलले बताए ।

उनका अुनसार विमान अवतरणका लागि सूचना समेत दिइसकेको थियो । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेको विमानका क्याप्टेन कमलकेसी रहेका थिए ।

अवतरणको अन्तिम समयमा दुर्घटनामा विमान खोचमा खसेका कारण उद्धारमा समस्या परेको बताइएको छ । उद्धारमा समस्याहुँदा हेलिकोप्टरबाट पनि उक्त क्षेत्रको निरीक्षणर गरिएको छ ।


क्लिकमान्डु