धादिङको रुबी भ्यालीमा १९ मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने



काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा १९ मेगावाट क्षमताको तातोपानी खोला जलविद्युत आयोजनाको निर्माण हुने भएको छ ।

विद्युत विकास विभागले सूचना प्रकाशित गर्दै तातोपनी खोला जलविद्युत आयोजना निर्माणको प्रस्ताव भएको जानकारी दिएको हो । उक्त आयोजनाको निर्माण हनुमान हाइड्रो पावर प्रालिले गर्ने प्रस्ताव भएको छ ।

यो आयोजना रन अफ रिभर प्रकारको हुनेछ भने १९ मेगावाट जडित क्षमताको हुनेछ । सूचनाकाअनुसार यसको डिजाइन बहाव २.४९ घनमीटर प्रतिसेकेन्ड र कुल हेड ९४० मीटर रहेको छ । आयोजनाबाट वार्षिक रुपमा सरदर ११२.५५ गिगावाट घण्टा विद्युत उत्पादन हुने जनाइएको छ ।

रुबी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ५ मा पर्ने यो आयोजनाका लागि मूख्य संरचनाहरु तातोपनी खोलाको बाँया किनारमा निर्माण हुनेछ ।

आयोजनाबाट उत्पादित विद्यूतलाई विद्युत गृहको १३२.११ केभीको स्वीचयार्डमा जडान गरेर ३ फेजको १२ एमभिए (५० हर्ज)को ट्रान्सफर्मरबाट करिब १२ किमि लामो १३२ किलोभोल्डको प्रसारण लाइनमार्फत प्रस्तावित १३२÷३३ किलोभोल्डको बोराङ सबवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

यो आयोजनाबाट ४८ महिनापछि विद्यूत उत्पादन हुने प्रस्ताव गरिएको सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु