‘फरार’ एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन



फाइल तस्बिर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन् ।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताए ।

‘फौजदारी मुद्दाका आरोपित फरार सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई केही दिनअघि नै निर्देशन दिइसकेको छु’ लामिछानेले भने ।

मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।

फरार भनिएका सांसद कोइरीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । बैठकमा कोइरीको उपस्थितिलाई लिएर आलोचना भएको थियो ।


क्लिकमान्डु