निर्माण सामग्रीको माग नहुँदा प्लाटिनम मार्केटिङको व्यापार ४०% ले गिरावट



काठमाडौं । नेपाली बजारमा कोइला, स्टिलजन्य वस्तु, जिपसम, बिटुमेन, सिमेन्ट, एमएस प्लेट/वायर र अन्य निर्माण सामग्री बिक्री वितरण गर्दै आएको प्लाटिनम मोर्केटिङ प्रालिले चालु आर्थिक वर्षको तीन महिनामा ३५ करोड ७० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ (अपरिष्कृत) को, सन् २०२१ मा २ अर्ब २३ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ५४ करोड ५० करोड रुपैयाँ व्यापार गरेको थियो ।

देशभर तीन वटा शाखामा कार्यालय रहेका कम्पनीले विशेषगरी, सिमेन्ट, इट्टा, व्यापारी तथा आपूर्तिकर्ता र स्टिल तथा रोलिङ उद्योग, रियल स्टटे र हाइड्रोपावर क्षेत्रमा सामग्री बिक्री वितरण गर्दै आएको छ ।

राज्नीश कार्ननी र उनकी श्रीमतीको लगानी रहेको कम्पनीले सन् २०२२ मा ७४ प्रतिशत आम्दानी कोइलाबाट गरेको छ भने बाँकी २५ प्रतिशत स्टिलबाट गरेको उल्लेख छ ।

कम्पनीअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा गत वर्षको सोही अवधिमा बजारमा माग नहुँदा व्यापार ४० प्रतिशतले घटेको जनाएको छ । चालु आर्थिक वर्षमा विकास निर्माणको कार्य अगाडि बढ्न नसक्दा व्यापार घटेको कम्पनीको भनाइ छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी उद्योगी तथा व्यवसायीलाई सामग्री उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्बको रेटिङ गराएको छ । जसमा कम्पनीले एफोर प्लस रेटिङ पाएको छ ।


क्लिकमान्डु