सी स्टार सिपिङ सर्भिसमा विभागको छापा, ९९७ थान पासपोर्ट जफत



काठमाडौं । काठमाडौं महानगरपालिका वडा–३ मा रहेको सी स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिबा ९९७ थान पासपोर्ट तथा कागजातहरु जफत गरिएको छ ।

वैदेशिक रोजगार विभागको अनुगमन टोलीले विभिन्न मूलुकमा आकर्षण रोजगारीको प्रालेभन देखाई रकमसमेत असुल गरिरहेको भन्ने विशेष सूचनाको आधारमा उक्त म्यानपावरमा छापा मारेको थियो । छापाका क्रममा अवैधरुपमा राखिएका ९९७ थान पासपोर्ट तथा कागजातहरु जफत गरेको विभागले जनाएको छ ।

साथै, विभागले उक्त संस्थामा कार्यरत ४ जना कर्मचारीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।


क्लिकमान्डु