सुनको मूल्य प्रतितोला १ लाख ३३ सय पुग्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुचचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको थियो । आइतबार १५ रुपपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु