सक्रिय नरहेको सिमकार्ड अरुलाई बेच्न नपाइने
काठमाडौं । सर्वोच्च अदालतले सक्रिय नभएको सिमिकार्ड (फोन नम्बर) अरुलाई बेच्न नपाईने आदेश दिएको छ । एक जना व्यक्तिको नाममा जारी भइसकेको सिमकार्ड ‘एक्टिभ’ नभएपनि अरु कसैलाई बेच्न नपाईने भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै सपना भण्डारीले हालेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।
यसअघिको व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको नाममा जारी भएको सिमकार्ड ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गर्ने र खारेज भएको मितिबाट ६ महिनापछि पुनः वितरण गर्ने व्यवस्था रहेको थियो । नेपाल दुरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशनअनुसार यसअघि सिमकार्डलाई निश्चित समयपछि पुनः विक्री वितरण गर्ने पाउने व्यवस्था रहेको थियो ।
तर, सर्वोच्चले भने अन्तरिम आदेश जारी गर्दै दुरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशनलाई कार्यान्वयन नगर्न÷नगराउन भन्दै अन्तरिम आदेश दिएको छ ।