बिजुलीको बल्बबाट प्रभावित बा-आमाले एडसन राखेको नाम कसरी बन्यो पेले ?



काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । उनी ८२ वर्षका थिए र पछिल्लो केही समयदेखि मिर्गौला र प्रोस्टेटको समस्यासँग जुधिरहेका थिए ।

विश्व कप फुटबलको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटकको विश्व विजेता ब्राजिलको यस सफलतामा जुन खेलाडीको सबैभन्दा धेरै योगदान छ तिनलाई विश्वले पेलेको नामले चिन्छ ।

पेलेले तीन पटक आफ्नो टीमलाई वर्ल्ड कप जिताए । उनि पछिल्लो केही समयदेखि अस्वस्थ थिए । दुनिया भरका खेल प्रेमी उनलाई चाडो निको होस् भनेर प्रार्थना गरिरहेका थिए ।

तर बिहीबार शरीरको अंगले काम गर्न छाडेसँगै उनको निधन भएको थियो ।

पेलेको करिश्मा
फुटबलका जादूगर भनिने पेलेको करिश्मा केही यस्तो रह्यो जसको बराबरी आजसम्म कुनै फुटबलरले गर्न सकेका छैनन् ।
उनको उपस्थितिमा ब्राजिलले १९५८,१९६२ र १९७० मा फुटबलको विश्वकप जितेको थियो । तीन वर्ल्डकप जित्ने पेले विश्वका एक्ला फुटबलर हुन् ।

यसका साथ सबैभन्दा कम उमेरमा विश्वकपमा गोल गर्ने, ह्याट्रिक गर्ने र फाइनल खेल्ने रेकर्ड ६० वर्षपछि पनि पेलेको नाममा छ।

ब्राजिलमात्र होइन विश्वभर नै फुटबलको लोकप्रिय बनाउने वाला पेलेको करिश्मा जित दिलाउने र विश्वर फुटबललाई लोकप्रिय बनाउनेभन्दा मनछुने कहानी उनको नामको पनि रहेको छ । विश्वभर पेलेको नाममा चर्चित हुने व्यक्तिको न त नाम पेले थियो न त उनको निकनेम ।

ब्राजिलको सानो शहर मिनास गेराइसमा २३ अक्टोबर १९४० मा पेलेको जन्म भएको थियो । पिता क्लब स्तरका फुटबलर थिए र आमा गृहिणी । आमा बुवाले आफ्नो छोराको नाम एडसन राखेका थिए ।

यो नाम राख्नुका कारणका बारेमा पेलेले आफ्नो संस्मरण ‘व्हाइ सकर म्याटर्स’ मा भनेका छन्, ‘जतिबेला मेरो जन्म भएको थियो, ठीक त्यसै समय हाम्रो शहरमा बिजुलीको बल्ब पुगेको थियो । मेरो आमा बुवालाई बल्बको उज्यालोबाट अभिभूत थिए । तब उनीहरुले यसलाई बनाउने वाला थोमस एल्वा एडिसनको सम्मानमा मेरो नाम राखेका थिए । एडिसन भन्नुपर्नेमा गल्तीले उक्त स्पेलिङमा आएको शब्द रहेन ।’

यसप्रकार पेलेको नाम भयो एडसन । पूरा नाम एडसन अरान्ते दो नासिमेन्तो । ब्राजिलमा यस खालको लामो नाम राख्ने प्रचलन रहेको छ जसका कारण मानिसको निक नेम पनि राखिने गरिएको छ ।

ब्राजिलमा धेरै जसोको एक दुई अर्को नाम जरुर हुने गरेको गरेको छ जसलाई उनीहरुले बोलाउने गरेका छन् ।

एडसन अर्थात पेलेको पनि अर्को नाम राखिएको थियो, डिको । पेलेका माता-पिता, भाई-बहिन या जान्नेले साथीहरुले उनलाई डिकोको नामले बोलाउथे ।

डिकोका बुवा स्वयं पनि फुटबल खेल्थे । तर २५ वर्षको उमेरमा चोटका कारण उनको फुटबल करियर क्लब स्तरबाट अघि बढ्न सकेन । तर उनले छोरालाई फुटबलर बनाउने सपना देखे ।

उनको परिवार अब साउ पाउलोको बाउरू शहरमा बस्न थाल्यो ।

बचपनबाट मिलेको ट्रेनिंगका क्रमममा पेलेको विशेषताको गल्ली र शहरमा हुन थाल्यो तर साधनको अभ३ाव थियो ।

पेले कहिले फाटेको पुराने कपडाको डल्लो बनाएर फुटबल खेल्थे र कहिले छिमेकीको स्टेशनका सामानको ट्रेनबाट सामान गायब गरेर त्यसलाई बेचेर फुटबलका लागि पैसा जम्मा गर्थे ।

९-१० वर्षको उमेमा डिको आफ्ना साथीहरुको तिब्ररुपमा छलाउन लागेका थिए र उनलाई कसैले पनि रोक्न सक्दैन थिए जसका कारण उनको नयाँ नाम राखिएको थियो,गैसोलिना । यसको कारण थियो उनी ग्यास जस्तो तिब्र भाग्न सक्नु । पेलेका अनुसार उनलाई केही हदसम्म यो नाम मन परेको थियो ।

तर उनको नाम कसरी पेले बन्यो ? यसलाई लिएर फरकफरक दाबी गरिने गरिएको छ । गेलिक भाषामा पेले को अर्थ फुटबल हुन्छ, जसका कारण उनको नाम पेले रह्यो ।

तर यस दाबीलाई साचो मान्न सकिँदैन। किनकी गेलिक आयरल्याण्डको आसपासको भाषा हो र त्यसको कुनै शब्द त्यस जमानामा हजारौं मिल टाढा बाउरु, ब्राजिल कसरी पुग्यो होला, इसको कुनै ठोस आधार छैन ।

पेले शब्द हिब्रू भाषामा पनि हुन्छ । जसको मतलब चमत्कार हो । तर प्यालेस्टाइन र इजराइलको कुनै पनि शब्द त्यस समय ब्राजिलसम्म पुग्न असम्भव थियो ।

यस्तोमा प्रश्न उठ्छ आखिर पेले नाम कसरी रह्यो । त्यतिबेला ब्राजिलमा पुर्चुगिज भाषाको चलन थियो र त्यसमा पेलको कुनै अर्थ थिएन । यसका बावजुद १५ वर्षको उमेरमा ब्राजिलको चर्चित क्लब सन्तौषमा पेल जोडिएका थिए र उनको नाम पेल रहिसकेको थियो ।

पेले नाम राख्ने बास्तविकताबारे पेलेले भने ‘व्हाइ सकर म्याटर्स’मा बताएका थिए, “कसैले पनि पेल नाम कसरी रह्यो भन्ने सही बताएका छैनन् । तर मेरा मामा जर्जले बताएका छन्, उनीमाथि विश्वास गर्न सकिन्छ।’

पेलेका मामा जर्ज, उनीसँगै रहन्थे । कयौं वर्ष उनको जागिर गएपछि पेलेको परिवारले उनको भरणपोषण गरेको थियो ।

जर्जका अनुसार, बाउरूको स्थानीय फुटबल क्लबको टीमका एक गोलकीपरको नाम थियो बिले । यो त्यही क्लब थियो जसमा पेलेका बुवा पनि खेल्थे । बिले शानदार गोलकीपिंगका कारण चर्चित थिए ।

अर्कोतर्फ बाल्यकालमा डिकोले पनि कयौं पटक गोलकीपरको भूमिका निभाएका थिए । जब उनी शानदार बचाव गर्थे तब मानिसहरु भन्थे उनी अर्का बिले हुन्, या उनी स्वयंलाई बिले मान्छन् ।

‘हेर्दाहेर्दै यी बिले कतिबेला पेलेमा रुपान्तरित भए यसको कसैले अनुमान गर्न सकेनन् । जब डिको,साथीहरुको भिडमा जाने गरेका थिए कसैले पेले भनेर बोलायो, किन बोलायो थाहा भएन ।’ पेलेले भनेका छन् । पछि उनलाई अरुले छरछिमेकले पेले नामले चिन्न थाले । तर आधिकारिक रुपमा पेले भन्ने चलन उनी सान्तोष क्लबसँग जोडिएपछि शुरु भएको हो ।

पेलेले सन् १९७७ मै खेल जीवनबाट सन्न्यास लिएका थिए । तर पनि अझै उनी विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन् ।
सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए । त्यो अवसर कहिल्यै आएन । तर उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बने ।


क्लिकमान्डु