गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले घटायो लाभांश, अब कति पाईन्छ ?



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश संशोधन गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले यसअघि दिएको लाभांश संशोधन गरेर घटाएको छ । यसअघि ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दिएको ०.३७ प्रतिशत लाभांशलाई घटाएको हो ।

संशोधित लाभांश अनुसार ६.५४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३४ नगद लाभांश रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु