प्रचण्डको शपथमा केपी ओली र माधव नेपाल कुम जोडेर बसे !



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सँगै देखिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ कार्यक्रममा दुई पूर्वप्रधानमन्त्रीहरु सँगै देखिएका हुन् ।
उनीहरु कुम जोडेर बसेका थिए । शपथ लगायतका कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु उपस्थित हुनुपर्ने प्रचलन रहेको छ ।

नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेयता ओली र नेपाललाई यसरीसँगै देखिएको थिएनन् । तत्कालीन नेकपा हुँदा प्रचण्ड-नेपाल समूहसँग ओलीको विवाद भएको थियो । सोही समयदेखि ओली र नेपाललाई एकै स्थानमा देखिएको सम्भवत यो पहिलो पटक हो ।

एमालेको समर्थनमा बालकोटबाट प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति हुँदा एकीकृत नेकपा समाजवादी गठबन्धन बाहिर रह्यो ।
यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा प्रचण्डसँगै रहेका नेपाल भने अहिले सरकारमा सहभागिता बारे पर्ख र हेरको नीतिमा रहेको बताइरहेका छन् । सार्वजनिक मञ्चहरुमा ओली र नेपालले एक अर्काविरुद्ध कटु आलोचना गर्ने गरेका छन् ।


क्लिकमान्डु