पहिलो पटक दौरा सुरुवालमा प्रचण्ड, शपथ लिँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् । प्रचण्ड यसअघि कहिल्यै दौरा सुरुवाल लगाएका देखिएका थिएनन् ।

यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए ।


क्लिकमान्डु