प्रचण्ड सरकारको अर्थमन्त्री विष्णु पौडेल



काठमाडौं । प्रचण्ड सरकारको अर्थमन्त्री विष्णु पौडेल बन्ने भएका छन् । नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री लिएर पौडेलले आजै सपथग्रहण गर्ने भएका छन् ।

‘एमालेका तर्फबाट विष्णुजीले उपप्रधानसहित अर्थमन्त्री लिएर सरकारमा सहभागी हुँदै हुनुहुन्छ,’ बाल्कोट स्रोतले भन्यो ।

आज पौडेलसहित एमालेका ४ जना मन्त्रीले सपथग्रहण गर्ने भएका छन् । ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई आजै सरकारमा सहभागि हुने भएका हुन् ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने पनि आजै सरकारमा सहभागि हुनेछन् ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ।

जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुनेछन्।


क्लिकमान्डु