नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा नजाने



काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने एमालेसहितका दलहरुको निर्णयपछि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले तत्काल सरकारमा सहभागी नहुने तर वार्ता र छलफललाई अघि बढाइरहने बताएका थिए ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको दाबी छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएकी थिइन् ।

राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित बहुमत सदस्यहरुको पत्र दर्ता भएको छ ।


क्लिकमान्डु