कोरोना जोखिम बढेको भन्दै विमानस्थलमा मास्क अनिवार्य



काठमाडौं । त्रिभुवन विमानस्थलमा परिसरमा मास्क अनिवार्य गरिएको छ । कोभिड-१९ को नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शुक्रबारबाट अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क अनिवार्य गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोना महामारी फैलन सक्ने खतरा बढेको भन्दै सचेत रहन आग्रह गर्दै सार्वजनिक सूचना प्रकाशित गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका उच्च अधिकारी र नेपाल उडान गर्ने वायुसेवा कम्पनीका प्रतिनिधी सम्मलित बैठकले अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुसहित परिसर क्षेत्रमा पुग्ने सर्वसाधारणलाई मास्क अनिवार्य गरिएको गरिएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले कोरोना महामारी फैलन नदिन स्वास्थ्य मापदण्डको कडाइको साथ पालना गरिने जानकारी दिए ।

त्यस्तै, आन्तरिक उडानमा जाने यात्रुहरुका लागि भने आइतबारबाट मास्क अनिवार्य गर्ने तयारी गरिएको ठाकुरको भनाई छ ।


क्लिकमान्डु