ज्योती लाइफ इन्स्योरेन्सका यी हुन् २० ठूला सेयरधनी, एनआईसी एशिया बैंकदेखि उषा अग्रवालसम्म



काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्समा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कम्पनीकाअनुसार संस्थापक सेयरतर्फ नेपाली संगठित संस्थाहरुको १२.९५ प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता र नेपाली नागरिकको ५७.०५ प्रतिशत अर्थात् १ करोड २५ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीमा ०.८२ प्रतिशतभन्दा बढी सेयर स्वामित्व तीनवटा प्रा.लि, एक वाणिज्य बैंक र १६ जना व्यक्तिसहित २० व्यक्ति तथा कम्पनीको सेयर स्वामित्व रहेको छ ।

सबैभन्दा बढी उषा अग्रवालको नाममा १२.७३ प्रतिशत अर्थात् २८ करोड रुपैयाँको रहेको छ भने सबैभन्दा कम महेश कुमार जाजुको ०.८२ प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँको रहेको छ ।

यस्तै कल मोबिलिटि प्रा.लिको ०.९१ प्रतिशत अर्थात् २ करोड रुपैयाँ, जी ओ अटोमोबिल्स प्रा. लिको १.३६ प्रतिशत अर्थात् ३ करोड रुपैयाँ, सिटि इन्भेष्टमेन्ट एण्ड प्रा.लिको २.७३ प्रतिशत अर्थात् ६ करोड र एनआईसी एशिया बैंकको ६.८२ प्रतिशत अर्थात् १५ करोड रुपैयाँको सेयर स्वामित्व रहेको छ ।

यस्तै कम्पनीमा सुरेश कुमार राठीको ०.८२ प्रतिशत अर्थात् १ करोड ८० लाख, चन्द्र टन्डनको ०.९१ प्रतिशत अर्थात् २ करोड, विद्यादेवी अग्रवालको ०.९१ प्रतिशत अर्थात् २ करोड रुपैयाँको सेयर स्वामित्व रहेको छ ।

यस्तै सतिश कुमार मोरको १.२३ प्रतिशत अर्थात् २ करोड ७० लाख, आकाश गोल्छाको १.६४ प्रतिशत अर्थात् ३ करोड ६० लाख, संजिव सर्राफको १.८२ प्रतिशत अर्थात् ४ करोड, बैंकटेश मुन्दडाको १.८२ प्रतिशत अर्थात् ४ करोड, दीपक कुमार मुन्दडाको १.८२ प्रतिशत अर्थात् ४ करोड, नन्द किशोर शर्माको १.८९ प्रतिशत अर्थात् ४ करोड १५ लाख रुपैयाँको सेयर स्वामित्व रहेको छ ।

कम्पनीमा गौरव शारदाको २.०९ प्रतिशत अर्थात् ४ करोड ६० लाख, अदिति चोखानीको २.२० प्रतिशत अर्थात् ४ करोड ८३ लाख, सिरिश कुमार म्ुरारकाको ३.१८ प्रतिशत अर्थात् ७ करोड, बोध कुमार त्रिपाठीको ३.१४ प्रतिशत अर्थात् ७ करोड ५० लाख र नितेश कुमार अग्रवालको १२.७३ प्रतिशत अर्थात् २८ करोड रुपैयाँको सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु