बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय, बम नभएको पुष्टि



काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

आइतबार बिहान सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रय पारेको हो । सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

भक्तपुरको लोकन्थलीस्थित सांसद बास्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला परेपछि बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो ।

एमाले नेता बास्कोटा मंसिर ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी बनेका थिए ।


क्लिकमान्डु