माओवादीसँग एकता गर्न लागिएको भन्दै भ्रम छर्न खोजियो: एकीकृत समाजवादी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा माओवादीसँग तत्काल एकता हुन लागेको समाचारहरु आइरहेको भन्दै त्यसमा सत्यता नभएको स्पष्ट पारेको छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले आज एक विज्ञप्ति जारी गर्दै माओवादीसँग तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेका छन् । यो प्रचार पूर्णत निराधार भएको र यसमा कुनै सत्यता नभएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनालाई एकताबद्द बनाउनु पर्ने आवश्यकता रहेको आफूहरु प्रष्ट भए पनि अहिले त्यस सम्बन्धमा कुनै निर्णय, छलफल, वार्ता वा सम्बाद केही नभएको भुसालले जनाएका छन् ।

उनले हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरेका छन् ।


क्लिकमान्डु