सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार १ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु