विराटनगरमा सीएनआई वाईएफ कार्यालयको स्थापना



विराटनगर । नेपाल उद्योग परिसंघ(सीएनआई) प्रदेश नम्बर १ ले पहिलोपल्ट युवा उद्यमी मञ्च प्रदेश १ स्थापना गरेको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर युवा उद्यमी मञ्च स्थापनाबारे जानकारी गराइएको हो ।

संस्थाका संयोजक अनमोल प्रधानकाअनुसार काठमाडौंमा केन्द्रीय समितिपछि यो पहिलो प्रदेशस्तरीय समिति हो ।

सीएनआई वाईएफ युवा र महत्त्वाकांक्षी उद्यमीहरूलाई एकसाथ ल्याउन सीएनआईले लिएको एक रणनीतिक पहल भएको र यस फोरमको मुख्य उद्देश्य यसका सदस्यहरूलाई उनीहरूको पूर्ण क्षमता महसूस गर्न मद्दत गर्नु भएको उनले बताए ।

युवा उद्यमीहरूले ताजा, प्रभावकारी विचारहरू योगदान गर्न नेपाली व्यवसायीहरूको भविष्यका लागि प्रतिक्रिया दिन सक्छन् । उनीहरूलाई विभिन्न सीप विकासका गतिविधि र कार्यक्रमहरू उपलव्ध गराइने छ । जसअन्तर्गत सिकाइ सत्रहरू, स्टार्टअप कार्यक्रम, मेन्टरसीप कार्यक्रम, अन्तर्राष्ट्रिय कार्यक्रमहरूमार्फत विश्व्यापी सम्बन्धहरू र सबैभन्दा महत्वपूर्ण कुरा एकअर्कालाई आफ्ना समस्याहरू साझा गर्न मद्दत गर्ने, विचारधाराका व्यक्तिहरूलाई एकसाथ ल्याएर सही प्रकारको एक्पोजर र अनुभवहरू प्रदान गरेर सँगै समाधानकका साथ अघि बढ्नु हो ।

युवा उद्यमीलाई अघि बढाउन, सकारात्मक सोच र सन्देश प्रवाह गर्ने उद्देश्य रहेको सीएनआई वाइएफ प्रदेश १ विराटनगर कार्यालयका सम्पर्क व्यक्ति मुनान रिजालले बताए ।

युवा उद्यमीहरूलाई मौरी पालन, ह्याण्डी क्राफ्ट जस्ता व्यवसायमा युवाहरूले किन चासो देखाइरहेका छैनन् भन्ने खोजी गरिने उनले बताए । त्यस्तै स्टाटअपलाई कसरी अघि बढाउन सकिन्छ र साझेदारीमा सहयोग र साथ दिने भन्ने नै हो, उनको भनाइ छ ।

यसैबीच सोमबार विराटनगरमा सीएनआई वाइएफले प्रदेश १ का उद्यमी बन्न चाहने ५० जना युवालाई उद्यमशिलता कार्यक्रमका बारेमा जानकारी गराउने बताइएको छ ।


क्लिकमान्डु