समानुपातिकमा एमालेले कांग्रेसलाई ९६ हजार मतले पछि पार्‍यो, घण्टीको ९ लाख



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गतको समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।

समानुपातिकतर्फ ८३ लाख ९२ हजार ५९१ मत गणना हुँदा नेकपा एमाले पहिलो दल रहेको छ । एमालेले २३ लाख ६ हजार ८३३ मत पाएको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २२ लाख १० हजार २०९ मत पाएको छ । दोस्रो स्थानको कांग्रेस र एमालेबीच ९६ हजार ६२४ मतको अन्तर रहेको छ ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । उसले ९ लाख ६८ हजार ५९३ मत पाएको छ । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ उसले ९ लाख २५ हजार ३३ मत पाएको छ ।

राप्रपाले ४ लाख ८७ हजार ४८४ मत पाउँदा जनता समाजवादी पार्टी २ लाख ८८ हजार १६२ मत पाउँदा एकीकृत समाजवादीले २ लाख २२ हजार २३४ मत पाएको छ ।

त्यस्तै जनमत पार्टीले २ लाख २२ हजार २२५ मत पाएको छ ।

नागिक उन्मुक्ति पार्टीले १ लाख ९९ हजार ०७९ मत पाउँदा लोसपाले १ लाख २० हजार ७१, नेमकिपाले ६९ हजार ९६५ मत पाएको छ ।


क्लिकमान्डु