तनहुँमा रामचन्द्र पौडेलको अग्रता, एमालेको कति ?



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसले नेकपा एमालेलाई उछिनेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच सय ४४ मतले अग्रता लिएका छन् ।

आज साँझ ७ बजेसम्मको मतगणनाअनुसार नेता पौडेलले चार हजार सात सय ११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले चार हजार एक सय ६९ मत पाएका छन् ।

यस निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकोमा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ-१ प्रदेशसभा १ मा आठ हजार पाँच सय २९ मतगणना गर्दा कांग्रेसका अशोककुमार श्रेष्ठले तीन हजार छ सय १२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर गुरुङले दुई हजार चार सय ९२ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका विद्या ढकालले चार सय ४५ मत पाएका छन् । तनहुँ-१ प्रदेशसभा १ तर्फ ३६ हजार तीन हजार ६५ मत खसेको छ ।

तनहुँ-१ प्रदेशसभा २ मा नेकपा ९माओवादी केन्द्र०का हरिबहादुर चुमानले दुई हजार सात सय २६ मत पाउनुभएको छ । नेकपा एमालेका पूर्णबहादुर गुरुङले एक हजार पाँच सय दुई मत प्राप्त गरेका छन् ।

तनहुँ-१ मा एक लाख २३ हजार चार सय ९० मतदाता छन् ।


क्लिकमान्डु