सुर्य चिन्हमा चुनाव उठेका राप्रपाका कमल थापा कांग्रेसकी डिनाभन्दा २१०० मतले पछि



हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं १ मा एमालेको सुर्य चिन्हमा चुनाव उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा कांग्रेसको उम्मेद्वार महालक्ष्मी उपाध्याय डिनासँग निरन्तर पछि परेका छन् ।

१५ हजार १ सय ५३ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवारी दिएका महालक्ष्मी उपाध्याय डीनाले ६ हजार ९ सय ५२ मत, थापाले ४ हजार ८ सय ९६ मत ल्याएका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ । आज अपराह्न १ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ मा १६ हजार एक सय १३ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त मतगणना हुँदा नेकपा ९एमाले०का महेश बर्तौलाले अग्रता कायमै राख्नुभएको छ । उनले छ हजार तीन सय ४९ मतसहित अग्रता कायम राखेका थिए ।

त्यस्तै, लोकतान्त्रिक-वाम गठबन्धनका विरोध खतिवडाले छ हजार आठ मत प्राप्त गर्नुभएको छ । बर्तौला खतिवडाभन्दा तीन सय ४१ मतले अगाडि छन् ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले दुई हजार दुई सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनाली दुई सय ६३ मत प्राप्त गर्नुभएको छ भने आठ सय नौ मत बदर भएको छ ।


क्लिकमान्डु