समानुपातिकतर्फ एमालेको अग्रता कायमै, घण्टीभन्दा माओवादी पछाडि



काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ । प्रत्यक्ष उम्मेदवारसहित समानुपातिक मतको पनि गणना भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार नेकपा एमालेले मंगलबार २ बजेसम्ममा नेकपा एमालेले ८६ हजार ६०२ मत पाएको पहिलो दल बनेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ७२ हजार ९२६ मत पाएको छ । तेस्रो स्थानमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ । उसले ३७ हजार ६६० मत पाएको छ ।

त्यसपछि नेकपा माओवादी केन्द्रले मत पाएको छ । उसले ३३ हजार ८२८ मत पाएको छ । पाँचौ स्थानमा राप्रपा रहेको छ । उसले २९ हजार २०८ मत पाएको छ ।

अन्य राजनीतिक दलले १० हजार मत कटाउन सकेका छैनन् ।

जसपाले ६ हजार ४३, जनमत पार्टीले ५६६५, मजदुर किसान पार्टीले ४५१२ नागरिक उन्मुक्ति पार्टीले ३७७६ मत पाउँदा एकीकृत समाजवादीले ३७६१ मत पाएको छ ।


क्लिकमान्डु