ललितपुर-१ मा कांग्रेसका राणा र एमालेका सिलवालको प्रतिस्पर्धा तिब्र



ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राखेका छन् ।

निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले १२ हजार २५३ मत प्राप्त गरेका छन् । यता, दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवराज सिलवालले ११ हजार ८३० मत प्राप्त गरेका छन् । जवरा भन्दा सिलवाल ४२३ मतले पछि परेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ६२ मत प्राप्त गरेका छन् । अहिलेसम्म २८ हजार एक सय ९८ मत गणना भएको छ । जसमा नौ सय ९६ मत बदर भएको छ ।

प्रदेशमा कांग्रेसको अग्रता

ललितपुर क्षेत्र नं १ को प्रदेशसभा (१) अन्तर्गत १४ हजार छ सय मतगणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधुसूदन पौडेलले छ हजार एक सय १४ मत प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) हरि दाहालले पाँच हजार आठ सय ३८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी हुमा पाण्डेयले (राप्रपा)ले एक हजार सात सय ७९ मत प्राप्त गरेका छन् । पाँच सय सात मत बदर भएको छ ।

यता, ललितपुर क्षेत्र नं १ को प्रदेशसभा (२) अन्तर्गत १५ हजार २५ मतगणना गर्दा नेपाली कांग्रेस मीनकृष्ण महर्जन अग्र स्थानमा छन् । उनले सात हजार चार सय ३१ मत प्राप्त गरेका छन् । दोस्रोमा नेकपा (एमाले) का चेतनाथ सञ्जेलले छ हजार ४३ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु