सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो




काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार १ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा शुक्रबार ५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु