अब मसँग जिउँदो भएको प्रमाणपत्र माग्नमात्र बाँकी छ : रवि लामिछाने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राष्ट्रियतामाथि बारम्बार प्रश्न उठाइने गरिएको बताएका छन्।

आज चितवनमा आयोजित चुनावी सभामा सभापति लामिछानेले आफू सधै चक्रब्यूहमा पर्ने गरेको बताए । सधैं आफूलाई घेराबन्दीमा पारिएको भन्दै उनले जनताको साथ र आशिर्वादले घेरा तोड्न सक्ने उनले बताए ।

‘म सधैं चक्रव्यूहमा पर्ने गरेको छु, सधै घेराबन्दीमा पारिन्थे तपाईंहरुको साथ आशिर्वादले ति घेरा तोड्न सक्थे । अहिले फेरी चक्रव्यूहमा छु यसबाट निकाल्नका लागि तपाईंहरुले मतदान गरेर मात्र निकाल्न सकन्नु हुन्छ’ उनले भने ।

अभिमन्यूको नियमतीबाट मतदाताले मात्र जोगाउन सक्ने उनको भनाइ थियो । आफूले अहिले जिउँदो रहेको प्रमाणपत्रमात्र माग्न बाँकी रहेको लामिछानेको भनाइ छ ।

‘जिउँदो छस् भन्ने कुराको प्रमाणीकरण गर्न भन्ने छन् अब’ सभालाई सम्बोधन गर्दै लामिछानेले भने । उनले चितवनले अन्याय नसहने भन्दै आफूलाई मात्र होइन देशभर घण्टी बज्ने बताए ।

यसअघि भोट दिएर पठाएकाले केही काम नगरेको उनको आरोप थियो । कोरोनाको समयमा जनता रोइरहेको बेला नेताहरु घरभित्र मास्क लगाएर तास खेलेर बसेको उनको आरोप थियो ।

केही गर्छु भन्नेले केही पनि नगर्नेहरुलाई जवाफ दिनू परेकाले आफूले केही गर्नका लागि विउ रोपिएको उनले बताए ।


क्लिकमान्डु