सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार ४ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा बिहीबार १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु