चुनावका दिन काठमाडौंमा बेलुका ७ बजेसम्म सवारी साधन चलाउन नपाइने



Kalanki, Kathmandu Ring Road

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनका दिन सवारी साधन चलाउन नपाइने भएको छ ।

निर्वाचनका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेकका सवारी साधन नचाउन रोक लगाइएको हो ।

जिल्ला प्रशासन काठमाडौंले सूचना जारी गर्दै मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन चलाउन रोक लगाएको छ ।

‘मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान भएपछि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधनहरु बाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी आवागमनमा रोक लगाइएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सूचनाको पलना नगरेमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु