मोरङ–४: मोदी र ढकालबीच मुख्य प्रतिस्पर्धा, कसले मार्ला बाजी ?



टङ्कीसिनवारी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ सत्ता वगठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी र एमालेका विनोदप्रसाद ढकाल उम्मेदवार छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ सत्ता वगठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी र एमालेका विनोदप्रसाद ढकाल उम्मेदवार छन् ।

यस्तै सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि रिजाल, नेपाली कांग्रेस (विपी) का अशोक पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुल्टेन ऋषिदेव चुनावी मैदानमा छन् ।

यस्तै मङ्गोल नेश्नल अर्गनाइजेसनका धनबहादुर लिम्बु, हाम्रो नेपाल पार्टीका नविनकुमार विश्वास खवास, राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण साहु र नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी पनि उम्मेदवार छन् ।

यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा कुवेत मियाँ, देवनारायण विश्वास, पदम कार्की, महेश नेपाल, राजेन्द्रकुमार खवास र ज्ञानेन्द्र खत्री उम्मेदवार छन् ।

क्षेत्र नं ४ मा मोदी र ढकालकै बढी चार्चा छ । ढकाललाई जनता समाजवादी पार्टी नेपालको साथ छ ।

ढकालको समर्थनमा जसपा नेपालले उम्मेदवार खडा गरेको छैन । मोदी यसअघि पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले २०७४ सालको निर्वाचनमा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए ।
एमाले उम्मेदवार ढकाल एमाले मोरङको पूर्व अध्यक्ष हुन् ।

उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका प्रमुखमा कांग्रेसका भीम पराजुलीसित पराजित भएका थिए ।

पराजुलीले २३ हजार ३१ मत तथा ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए ।

पराजुली मोरङ क्षेत्र न. ४ प्रदेशसभा (२) बाट उम्मेदवार छन् । मोदी र ढकाल बाहेक अन्य उम्मेदवार पनि मतदता रिझाउनमा व्यस्त छन् ।


क्लिकमान्डु