राष्ट्र बैंकले १६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१, १८२ दिन र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिन अवधिका लागि ५ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ दिन अवधिका लागि १ अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

९१ दिन अवधिको ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको ट्रेजरी बिल २०८० वैशाख १९ गते परिपक्व हुनेछ ।

यस्तै ३६४ दिन अवधिको ट्रेजरी बिल २०८० कात्तिक १४ गते परिपक्व हुनेछ । मंगलबार जारी हुने ट्रेजरी बिलको आज ३ बजे बोलकबोल हुनेछ ।

यो आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यो २८ दिनदेखि १ वर्ष अवधिको हुने गर्दछ । यसमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन सक्नेछन् ।


क्लिकमान्डु