गुडविल फाइनान्सको नाफा ४६.०३ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा गुडविल फाइनान्सले ३ करोड ८४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत आवको सोही आवको तुलनामा फाइनान्सको नाफा ४६.०३ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा फाइनान्सले ७ करोड ११ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानी ५.०२ प्रतिशतले बढेर १५ करोड २ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा फाइनान्सको खुद ब्याज आम्दानी १४ करोड ३० लाख ९३ हजार रुपैयाँ थियो ।

९४ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ५२ करोड ३ लाख ३३ हजार रुपैयाँ सञ्चित छ ।

चालु आवको पहिलो त्रैमासको अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी १६.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६७.८३ रुपैयाँ छ ।

फाइनान्सले पहिलो त्रैमासको अवधिमा ११ अर्ब २७ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ८० करोड ८० लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु