वायुसेवा निगमले तिर्‍यो जहाज खरिदका लागि लिएको ऋणको किस्ता



काठमाडौं । नेपाल वायुसेवा निगमले विमान खरिदका लागि लिएको ऋणको किस्ता तिरेको छ ।

पछिल्लो पटक २०७९ असोज ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५,२८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ ।

सञ्चय कोषबाट न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५,२८१ रुपैयाँ र बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापत नागरिक लगानी कोषलाई २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५,२८१ किस्ता वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ पनि भुक्तानी गरिसकेको निगमले जनाएको छ ।


क्लिकमान्डु