गोठाटारमा गोली लागेर घाइते सर्लाहीका लाल मोहम्मदको मृत्यु



काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागि घाइते भएका सर्लाहीका लाल मोहम्मदको मृत्यु भएको छ ।

सोमबार साँझ उनीमाथि काठमाडौं कागेश्वरी मनोहरा-८ मा अज्ञात समूहको गोली लागेर मोहम्मद घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

सर्लाहीको गोडैता नगरपालिका मोहम्मदको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि ४ गोली प्रहार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु