कांग्रेसले बुझायो समानुपातिकतर्फको बन्द सूची



काठमाडौं । नेपाली कांग्रेसका नेताहरु समानुपातिक तर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुगेका हुन् ।

साथै बन्द सूचीकै बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको पार्टी कार्यालयले जनाएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय निर्धारण गरेको थियो ।


क्लिकमान्डु