इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको हिस्सा साढे २८ प्रतिशत



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको चालु आवको साउन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीमा इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको व्यवसाय धेरै देखिएको हो ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाले २८.५० प्रतिशत हिस्सा ओगटेको छ ।

सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरूले चालु आवको साउन महिनामा ४ अर्बमाथिको व्यवसाय गरेका छन् । कम्पनीहरूले साउन महिनामा ४ अर्ब ४७ करोड ५४ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
जसमध्ये कम्पनीहरूले इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाका २ हजार ३१ वटा बीमालेख जारी गरी १ अर्ब २७ करोड ५६ लाख २५ हजार रूपैयाँ संकलन गरेका हुन् ।

मेसिनको सञ्चालन गर्न र त्यसका लागि पूर्वाधार तयार गर्न र सञ्चालन भइसकेपछि हुनसक्ने हानी नोक्सानी तथा क्षतिको क्षतिपूर्तिका लागि गरिने बीमालाई इञ्जिनियरिङ बीमा भनिन्छ ।

ठेकेदारले सञ्चालन गर्ने कार्य वा आयोजना एव मेसिन/औजारमा पर्नसक्ने सम्भावित हानी नोक्सानीको क्षतिपूर्तिका लागि गरिने बीमालाई ठेकेदार सम्पूर्ण जोखिम बीमा भनिन्छ ।

इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमापछि निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमाको हिस्सा धेरै देखिन्छ । कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाले २३.७२ प्रतिशत हिस्सा ओगटेको तथ्यांक छ । साउन महिनामा कम्पनीहरूले सम्पत्ति बीमाका ४३ लाख ५३८ वटा बीमालेख जारी गरी १ अर्ब ६ करोड १७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सम्पत्ति बीमापछि व्यवसायमा मोटर बीमाको हिस्सा बढी देखिन्छ । साउन महिनामा निर्जीवन बीमा कम्पनीहरूले १ लाख २७ हजार १०३ वटा कुल बीमालेख जारी गरी १ अर्ब २ करोड ७० लाख रूपैयाँ संकलन गरेका छन् । यो कुल निर्जीवन बीमाको २२.९५ प्रतिशत हो ।

मोटर बीमापछि व्यवसायमा विविध बीमाको हिस्सा अन्य बीमाको तुलनामा बढी देखिन्छ । तथ्यांकअनुसार साउन महिनामा निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमाका १६ हजार १३१ वटा बीमालेख जारी गरी ४५ करोड ८७ लाख ५९ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन निर्जीवन बीमा व्यवसायको १०.२५ प्रतिशत हो ।

यस्तै, निर्जीवन बीमा व्यवसायमा सामुन्दि«क बीमाको हिस्सा ७.३७ प्रतिशत, कृषि तथा बाली बीमाको हिस्स ४.७२ प्रतिशत, हवाई बीमाको हिस्सा २.३४ प्रतिशत र लघु बीमाको हिस्सा ०.१४ प्रतिशत रहेको छ ।

लघुबीमाको भने सबैभन्दा कम ०.१५ प्रतिशत मात्रै योगदान रहेको छ । लघुबीमा वापत निर्जीवन बीमा कम्पनीहरूले फागुन महिनामा ५१ लाख ६१ हजार रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको छन् ।

कम्पनीहरूले सामुन्दि«क बीमाबाट ३२ करोड ९९ लाख ७५ हजार रूपैयाँ, कृषि तथा बाली बीमाबाट २१ करोड ११ लाख ३४ हजार रूपैयाँ, हवाई बीमाबाट १० करोड ४८ लाख ९६ हजार रूपैयाँ र लघुबीमाबाट ६३ लाख ३ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

साउन महिनामा कम्पनीहरूले १३ हजार २७८ वटा सामुन्दि«क बीमालेख, हवाई बीमाका ६ वटा, कृषि तथा बाली बीमाका १६ हजार ६४६ वटा बीमालेख र लघुबीमाका २ हजार ९०९ वटा बीमालेख जारी गरेको समितिको तथ्यांक छ ।

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, अग्नि बीमा, मोटर बीमा, इन्ञ्जिनियरिङ तथा ठेगेदार सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमा व्यवसायबाट सो रकम संकलन गरेका हुन् ।


क्लिकमान्डु