बढ्दैछ क्रिप्टो क्राइम, अध्ययन भन्छ- प्रत्येक वर्ष विश्वले ३८ खर्बको नोक्सानी ब्यहोर्दै छ



एजेन्सी । क्रिप्टोकरेन्सीसँग सम्बन्धी अपराधलाई आमरुपमा क्रिप्टो क्राइम भनिन्छ ।

जसका कारण सन् २०२५ सम्म वैश्विक अर्थव्यवस्थामा ३० बिलियन डलर अर्थात् ३८ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानी बेहोर्नु पर्ने अनुमान गरिएको छ । यो अनुमान एक नयाँ अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

वैश्विक साइबर अर्थव्यवस्थामाथि केन्द्रित अमेरिकी अध्ययन फर्म साइबरस्पेस बेञ्चर्सले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा साइबर क्राइम तथा साइबर सुरक्षामाथि कैयन तथ्य तथा आँकडा प्रस्तुत गरिएको छ ।

अध्ययन प्रतिवेदन अनुसार विकेन्द्रिकरण सेवाहरुको उपयोगमा तीव्रता आएसँगै वैश्विक वित्तीय प्रणालीमा नयाँ प्रकारको जोखिम उत्पन्न भएको छ । अपराधीहरुले क्रिप्टो क्राइम जस्तो नयाँ तरिका अपनाउनमा बढावा दिइएको उल्लेख छ ।

साइबर सेक्युरिटी बेञ्चर्सको अनुमानमा ‘रग पुल’ तथा अन्य प्रकारका साइबर आक्रमणका कारण विश्वभर सन् २०२५ मा मात्रै करिब ३० बिलियन डलर अर्थात् ३८ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ ।

‘रग पुल’ शब्दको प्रयोग क्रिप्टो वर्ल्डमा एक भ्रष्टाचारको सन्दर्भमा गरिन्छ । जहाँ क्रिप्टो टोकन डेभलपर्सहरु अनविज्ञ उपयोगकर्ताहरुलाई एक परियोजनामा लगानीका लागि प्रोत्साहित गर्छन् । तर पछि उक्त परियोजना भने बन्द गरिदिन्छन् । र, लगानीकर्ताहरु खाली हात हुन बाध्य हुन्छन् ।

अध्ययन प्रतिवेदन अनुसार समग्रमा साइबर क्राइमका कारण हुने नोक्सान वैश्विकस्तरमा हाल प्रत्येक वर्ष १५ प्रतिशत बढेर सन् २०२५ सम्ममा १०.५ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । जबकी सन् २०१५ मा यो ३ ट्रिलियन डलरमा सीमित थियो ।

अध्ययन प्रतिवेदनमा रेन्सनवेयर (एक मेलिसियस सफ्टवेयर जुन फिरौती चुकाउने समयसम्म आफ्नो कम्प्युटरसम्मको पहुँच दिँदैन)को प्रयोग गरी सन् २०३१ सम्ममा हरेक २ सेकेन्डमा गरिने एक आक्रमणका साथै पीडितहरुलाई २६५ बिलियन डलर वार्षिक रुपमा नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ ।

अध्ययन प्रतिवेदन अनुसार सन् २०२१ मा रेन्समवेयरसँग सम्बन्धित भ्रष्टाचारको रकम २० बिलियन डलर पुगेको आशंका गरिएको थियो र यो तत्कालीन समयमा औसत प्रत्येक ११ सेकेन्डमा आक्रमण भइरहेको थियो ।

बढ्दो क्रिप्टो क्राइम

अध्ययन प्रतिवेदनका अनुसार सन् २०२५ सम्म क्रिप्टो क्राइमका कारण वार्षिक ३० बिलियन डलरको नोक्सान हुने अनुमान गरिएको छ । जुन सन् २०२१ मा १७.५ बिलियन डलरको तुलनामा करिब दोब्बर हो ।

अध्ययन प्रतिवेदनमा क्रिप्टो क्राइम तथा यसका कारण तिर्नुपर्ने रकम आगामी दिनमा वार्षिक १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । साइबर अपराधीहरु कैयन नयाँ तरिकाबाट क्रिप्टो क्राइमलाई बढावा दिन ध्यान केन्द्रित गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ह्याकरहरुले क्रिप्टो एक्सचेञ्जलाई निशाना बनाउँदै गरेका कैयन उदाहरणहरु पनि छन् । क्रिप्टो एक्सचेञ्ज यस्तो भर्र्चुअल प्लेटफर्म हुन्छ । जहाँ क्रिप्टोकरेन्सी खरिद तथा बिक्री गर्न सकिन्छ ।

उदाहरणका रुपमा सन् २०२२ जनवरीमा क्रिप्टो एक्सचेञ्ज प्लेटफर्म क्रिप्टो डट कमले ह्याकरहरुले लगानीकर्ताहरुको ३० मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको स्वीकार गरेको थियो ।

अन्य क्रिप्टो क्राइमको मनगढन्ते तथ्यांकका आधारमा नियतवश प्रयोगकर्ताका क्रिप्टोकरेन्सी लुट्नेसम्मका भ्रष्टाचारका घटना समावेश छन् ।

रिपोर्र्टमा भनिएको छ, ‘अघिल्लो वर्ष क्रिप्टोसम्बन्धी भ्रष्टाचारका कारण स्क्यामरहरुले पीडितहरुसँग ७.७ बिलियन डलर लुट्न सफल भएका थिए । साथै, सन् २०२० मा यस्तो भ्रष्टाचार ८१ प्रतिशतले बढी थियो ।’

अमेरिकी फेडरल ट्रेड कमिसनका अनुसार सन् २०२१ मा क्रिप्टो क्रायमका कारण नोक्सानी पछिल्लो १२ महिनामा १० गुणाले बढेको छ ।

सम्पत्ति शुद्धिकरण पनि प्रमुख कारण

प्रसिद्ध टेक कमपनी आईबीएसले गत जुलाई महिनामा सार्वजनिक गरेको एक रिपोर्टमा भारतका विषयमा पनि उल्लेख छ । जसमा डाटा ब्रिच अहिलेसम्म सबैभन्दा बढी उच्च छ । जुन सन् २०२२ मा औसत १७६ मिलियन भारु हुन आउँछ । अघिल्लो वर्षको तुलनामा यो ६.६ प्रतिशतले बढी हो ।

आईबीएमको रिपोर्ट अनुसार डाटा ब्रिचका कारण हुने नोक्सानी चार श्रेणीमा राखिन्छ । लास्ट बिजनेस, डिटेक्सन एण्ड एस्केलेसन नोटिफिकेसन तथा पोस्ट ब्रिच रेस्पोन्स । जसमा भारतीय अर्थव्यवस्थाले पोस्ट ब्रिच रेस्पोन्सका कारण ७.१ मिलियन भारुको नोक्सानी बेहोरिसकेको छ । आईबीएमको रिपोर्ट अनुसार पोस्ट ब्रिच रेस्पोन्सका कारण हुने क्षति सन् २०२१ मा ६७.२० मिलियन भारुबाट बढेर सन् २०२२ मा ७१ बिलियन भारु पुगेको छ ।

यद्यपि साइबर स्पेस बेञ्चर्स २०२२ को रिपोर्ट भारतमा फोकस भने छैन । ब्ल्याक चेक प्लेटफर्ममाथि डाटा उपलब्ध गराउने न्यूयोर्कस्थित एक कम्पनी च्यानालिसिसको फेब्रुअरी २०२१ को रिपोर्टमाा भारतसँग जोडिएको एक घटना भने उल्लेख छ । जसमा क्रिप्टोकरेन्सीलाई कथित रुपमा आतंकवादलाई वित्तपोषणा गर्नेका लागि उपयोग गरिएको उल्लेख छ ।

सन् २०२० मार्चमा दिल्ली प्रहरीको स्पेसल सेलले ओखलाबाट एक कश्मिरी जोडी, जहाँजेब सामी तथा हिना बशिर बेगलाई पक्राउ गरेको थियो । पछि दुबै जनाविरुद्ध सन् २०१९ र सन् २०२० को अवधिमा कथितरुपमा हतियार तथा विस्फोटक पदार्थ खरिद गर्नका लागि सिरियामा रहेको आईएसआईएस अपरेटिभसँग भेटिएको एक बिटक्वाइनको ठेगानामा क्रिप्टोकरेन्सीको डोनेसन गरेको आरोप लगाइएको थियो ।

च्यानालिसिसको एक रिपोर्टमा साइबर अपराधी, जो क्रिप्टो चारी गर्छन् वा यसप्रकारको अवैध सामानका रुपमा भुक्तानीका रुपमा स्वीकार गर्दै आएका छन् । उनीहरुले आफ्नो क्रिप्टो सम्पत्ति परिवर्तनका लागि आश्चर्यजनक रुपमा सेवा प्रदायकहरुका साना समूहमाथि विश्वास गर्दछन् ।

जसमध्ये केही प्रदायकहरु सम्पत्ति शुद्धिकरणका विशेषज्ञ समेत छन् । जबकी अन्य केही ठूला क्रिप्टो करेन्सी सेवा तथा मनी सर्भिसेस छन् । जसले काम गर्ने गरेको कुनै ठोस आधार भने छैन ।

यसैबीच भारतमा आफ्ना आधार बनाउने क्रिप्टो एक्सचेञ्ज तथा क्रिप्टो लगाानी एप, मसलन क्वाइनडीसीएक्स, क्वाइस्वीच कुबेर तथा बजिरएक्सका विरुद्ध विदेशी मुद्रा प्रबद्र्धन अधिनियमको सम्भावित उल्ल्लंघनलाई लिएर भारतीय प्रवर्तन निर्देशनालयले हाल जाँच गरिरहेको छ ।

द इकोनोमिक टाइम्सको एक रिपोर्ट अनुसार यी कथित उल्लंघनमा व्यापारमा आधारित सम्पत्ति शुद्धिकरण तथा ई-आक्रमणको उपयोग पनि सामेल छ ।


क्लिकमान्डु