१३ स्टक ब्रोकरले कर छले, ८ करोड ६ लाख रुपैयाँ कम बुझाए



Broker touchscreen is operated by businessman.

काठमाडौं । सञ्चालनमा रहेका १३ वटा स्टक ब्रोकरले राज्यलाई तिनुपर्ने कर नतिरेर छलेको भेटिएको छ ।

स्टक ब्रोकरले गर्ने आयमा ३० प्रतिशतले आयकर लाग्ने व्यवस्था छ । महलेखा परीक्षकको कार्यालयको ५९ औं वाषिक प्रतिवेदनले १३ वटा स्टक ब्रोकरले २५ प्रतिशतले मात्र आयकर बुझाएको उल्लेख गरेको छ ।

महालेखा परीक्षक कार्यालयका अनुसार मध्ययस्तरिय करदाता कार्यालयमा रहेका २ वटा स्टक ब्रोकरले ५ करोड ५० लाख कर छलेका छन् ।

यस्तै करदाता सेवा कार्यालय त्रिपुरेश्वरमा दर्ता भएका ३ वटा स्टक ब्रोकरले ८६ लाख २७ हजार कम पैसा तिरेर छलेको भेटिएको छ ।

करदाता सेवा कार्यालय पुतलीसडकमा दर्ता भएका ८ वटा स्टक ब्रोकरले १ करोड ८७ लाख कम आयकर तिरेर छलेको भेटिएको छ ।

‘३० प्रतिशत आयकर तिनुपर्नेमा २५ प्रतिशत आयकर तिर्ने ब्रोकरलाई जरिवाना सहित कारवाही गर्नुपर्छ,’महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।


क्लिकमान्डु