विजय माल्यालाई ४ महिना कैद र २ हजार भारु जरिवाना गर्ने अदालतको फैसला



एजेन्सी । भारतको सर्वोच्च अदालतले व्यवसायी विजय माल्यालाई अदालतको अपमान विषयमा चार महिना जेल सजाय तथा २ हजार भारु जरिवाना सुनाएको छ । यद्यपि माल्या हाल भारतबाट भागेर बेलायत पुगेको लामो समय भइसकेको छ ।

‘सजाय जरुरी छ किभने माल्यालाई कुनै पछुतो छैन,’ त्यहाँको अदालतले भनेको छ ।

जरिवाना नचुकाए २ महिनाको अतिरिक्त कैद सजाय हुनेछ ।

माल्यालाई ४ साताभित्र ८ प्रतिशत ब्याजदरका साथ ४० मिलियन डलर पनि फिर्ता गर्न भनिएको छ । माल्याले उक्त रकम आफ्ना सन्तानको विदेशी अकाउन्टमा ट्रान्सफर गरेका थिए । तर उनले अदालतमा भने गलत जानकारी दिएका थिए ।

साथै, पछिल्लो ५ वर्षमा अदालतमा उपस्थित नभएर अदालतको अपमान गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।

माल्यामाथि ९ हजार करोड भारुभन्दा बढी ऋण लिएर फिर्ता नगरेको आरोप लगाइएको छ । भारतीय स्टेट बैंक (एसबीआई)को नेतृत्वमा अदालतमा माल्याविरुद्ध उजुरी दर्ता गरिएको थियो । माल्या सन् २०१६ देखि बेलायतमा रहँदै आएका छन् ।


क्लिकमान्डु