प्रधानमन्त्रीलाई ओलीको प्रश्न : तपाई मन्त्रीहरुलाई केही गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो ?




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका मन्त्रीले अराजक काम गरिरहेको अवस्थामा पनि प्रधानमन्त्रीले हेरेर बसेको आरोप लगाएका छन् ।

अर्थमन्त्रीमाथि बजेट निर्माणको क्रममा अनियमिताको गम्भिर आरोप लागिरहँदा प्रधानमन्त्री चुप लागेर बसेको बताए । गम्भिर प्रश्न उठ्दा पनि कोही पनि जवाफदेहीता नभएको बताए ।

‘के प्रधानमन्त्री जी अब केही पनि गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो ?,’ ओलीले प्रश्न गरे, ‘गठबन्धन भए पुग्छ, देश जेसुकै होस् भन्नेमा पुग्नु भएको हो ?’

संसदमा उठेको प्रश्नमा मन्त्रीहरुले जवाफ नदिएपछि प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए ।

संसदमा अनियमितको कुरा उठिरहेको बेला सीसीटीभीको फुटेज डिलिट गर्न मिल्छ भनेर प्रश्न गरे ।

‘म मन्त्रीलाई केही भन्दिन । प्रधानमन्त्री जीले उठेको प्रश्नका जवाफ दिनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीले मेरो मन्त्रीको सरकारका मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर चुप लागेर बस्न नपाउने बताए ।

‘प्रधानमन्त्रीले सरकार र देश सञ्चालन गरेको हुन्छ । प्रश्नको जवाफ कोहीबाट आएन भने प्रधानमन्त्री जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले नियन्त्रण गर्नुपर्छ ।’


क्लिकमान्डु