समयमै काम नगर्ने फेवा/आचार्य जेभीसँग स्पष्टिकरण माग



काठमाडौं । विद्युत् उत्पादक कम्पनी लिमिटेडले समयमै काम नगर्ने फेवा/आचार्य जेभीसँग ७ दिने स्पष्टिकरण माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै ७ दिने स्पष्टिकरण माग गरेको हो ।

उक्त कम्पनीले कालिकोट जिल्लामा निर्माणाधिन फुकोट कर्णाली अर्धजलाशययुक्त जविद्युत् आयोजना (४८० मेगावाट)को कन्स्ट्रक्सन अफ फेसिलिटी निर्माण गर्नुपर्ने थियो ।

जसका लागि २०७७ साउन ११ गते सम्झौता भएको थियो । जसअनुसार कम्पनीले यही असार ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो ।

तर गत वैशाख २७ गतेदेखि निर्माण बन्द रहेको भन्दै विद्युत् उत्पादन कम्पनीले पटक पटक मौखिक तथा लिखित निर्देशन दिँदा समेत काम शुरु हुन नसकेको बताएको छ ।

कम्पनीले ठेकेदार कम्पनीलाई कुनै लिखित जवाफ प्राप्त नभएको हुँदा ठेक्का सम्झौताको जीसीसी ७२.३ बमोजिम कारबाही प्रक्रिया किन अगाडि नबढाउने सम्बन्धमा लिखित स्पष्टिकरण माग गरेको हो ।


क्लिकमान्डु