स्टार्टअप वर्ल्डकप नेपाल असार २२ गते हुने



काठमाडौं । स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा असार २२ गते हुने भएको छ ।

विश्वका ७० देशमा हुने प्रतिष्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ ।

गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा अनलाइनमार्फत् गरिएको थियो ।

प्रतिष्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने छन् । फाइनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाइनलमा सहभागी हुन पाउने छन् ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको शुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत् वर्ल्डकप नेपालमा भित्र्याएको हो ।

अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने छन् ।


क्लिकमान्डु