बाहिरी चक्रपथ निर्माण कार्यका लागि केही काम भएको छैन: मन्त्री झाँक्री



काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले केही पनि काम नभएको बताएकी छिन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएकी हुन् ।

मन्त्री झाँक्रीले अहिले भनिएको ठाँउमा बाहिरी चक्रपथ बन्ने हो की होइन भन्नेमा अन्योल रहेको जानकारी गराइन् । ‘चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटरमा धेरै ठाँउमा सरकारी भवन बनेको छ’ उनले भनिन्, ‘त्यसमा सरकारले मुआब्दा दिने हो भने साढे ३ खर्ब खर्च हुने छ । यी क्षेत्रमा धेरै नै कित्ताकाट भएको छ । यहाँ पुनः अध्ययन आवश्यक देखिएको छ ।’

मन्त्री झाँक्रीले सरकारी भवनमा एक रुपमा ल्याउन नीतिगत व्यवस्था गरिएको बताइन् । बैठकमा मन्त्री झाँक्रीले देशभर करिब ३२ वटा सभाहल निर्माण सम्पन्न हुने क्रममा रहेको र ती सभाहल सञ्चालनमा अन्योलता भएको बताइन । उनले यसको लागि सभाहल सञ्चालनका लािग मोडालिटी बनाउने जानकारी गराइन् ।

मन्त्री झाँक्रीले युटिलिटी करिडोरको कानून चालु आवमा संसदमा ल्याउने जानकारी गराइन । उनले यो कानून बन्यो भने सडक बन्ने र खन्ने क्रम रोकिने जानकारी गराइन । बाटोका झुण्डिएको तारको व्यवस्थापन पनि यसले गर्ने भन्ने अन्योल रहेको भन्दै त्यो ऐनले सबै व्यवस्थापन गर्ने उल्लेख गरिन ।

काठमाडौं उपत्यकामा ४ वटा स्थाटलाईट सिटी बन्ने भनेपनि नबेको र त्यसको लागि उत्तर पुर्वी इसान सहरको भौतिक योजना तयार भएर मन्त्रिपरिषदमा जाने प्रकृयामा रहेको बताइन् । बाँकी रहेका ३ वटा शहरको सम्भाव्य अध्ययन जारी रहेको उल्लेख गरिन ।


क्लिकमान्डु