सुनसरीको झुम्का पुगेर सेञ्चुरी बैंकका सीइओ न्यौपानेले १०८ वटा क्यूआर वितरण गरे



सुनसरी । सेञ्चुरी कमर्सियल बैंकले सुनसरीको झुम्का शाखाबाट १०८ वटा क्यूआर वितरण गरेको छ । उक्त क्यूआर वितरण बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले ग्राहकहरुको पसलमा गएर वितरण गरे ।

उक्त वितरण कार्यक्रममा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र अभिषेक बर्जचार्य, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, प्रदेश १ प्रमुख श्री दिपक पौडेल, शाखा प्रमुख पुकारजंग कार्की, बैंकका कर्मचारीहरु लगायत उल्लेखनिय मात्रामा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

उपस्थित स्थानीयबासीहरुले सेञ्चुरी बैंकद्वारा डिजिटलाइजेशन कारोबारको प्रबर्धन गरेर झुम्का बजारलाई डिजिटल बजारको रुपमा परिवर्तन गर्न सहयोग गरेकोमा आफूहरु हर्सित भएको र आगामी दिनहरुमा सेञ्चुरी बैंकले वित्तीय साक्षरतामा पनि सहयोग गर्ने कुरामा विश्वस्त रहेको जानकारी गराएका थिए ।

यसका साथै बंैकले झुम्का शाखाको शताब्दी खाताको कारोबार गर्ने ग्राहक हर्षित रेलाई उपचार खर्च वापतको रकम समेत उपलब्ध गराएको छ । बैंकले शताब्दी खातामा ८.०३ प्रतिशतको उच्चतम व्याजदरका साथै ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्रदान गर्ने गरेको छ ।

२०७८ चैतमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १४४ वटा छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु