चार पाङ्ग्रे सवारी किन्न प्यान कार्ड अनिवार्य, आम्दानीको स्रोत देखाउनुपर्ने



काठमाडौं । अब चार पांगे सवारी साधन खरिद गर्न स्थायी लेखा नम्बर (प्यान) कार्ड अनिवार्य गरिएको छ । अब गाडी खरिद गर्ने व्यक्तिले आफ्नो आम्दानीको स्रोत देखाउनु पर्ने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरेका हुन् ।

पछिल्लो समय गाडीको माग उच्च दरमा बढेपछि आयात पनि बढ्दै आएको थियो । जसले गर्दा सरकारले गाडी खरिद गर्ने व्यक्तिको आम्दानीको स्रोत खोज्ने भएको हो ।

अर्थतन्त्रको बृद्धिदरभन्दा चार पाङ्ग्रे सवारीसाधनको बृद्धि उच्च हुँदा करछलीको आर्जन सवारीसाधनमा प्रयोग भएको आशंका गरिदै आएको थियो ।

चार पाङ्ग्रे गाडी खरिद गर्नेले प्यान कार्ड बुझाउँदा सवारी खरिद गर्ने व्यक्तीको आयस्तरको जानकारी समेत सरकारसँग हुनेछ । त्यसले कर छली गरी सवारी साधन खरिद गर्ने व्यक्ति निरुत्साहित हुने सरकारको अपेक्षा छ ।


क्लिकमान्डु