बाबुराम भट्टराईद्वारा बृद्धभत्ता नलिने घोषणा



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

आइतबार बजेट भाषणपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले भने, ‘वृद्धभत्ता पाउने उमेरमा म पनि परेको छु, तर बृद्धभत्ता लिएर राज्यलाई बोझ दिन चाहन्न, त्यसैले बृद्धभत्ता नलिने घोषण गर्दछु ।’

सरकारले बृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६८ वर्ष कायम गरेको छ । साथै, बृद्धभत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान समेत गर्ने घोषणा गरिसकेको छ ।

उनले सामाजिक सुरक्षा भत्ता छरिएर गएको भन्दै एकीकृत रुपमा जाँदा राम्रो हुने बताए ।


क्लिकमान्डु